काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गत खेलमा नेपालले यूएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।
कीर्तिपुरमा जारी त्रिकोणात्मक सिरिजमा नेपाल र यूएईबीच दोस्रोपटक प्रतिस्पर्धा हुने लागेको हो । पहिलो खेलमा नेपालले यूएईलाई पराजित गरेको थियो ।
त्यस्तै, सिरिजको दोस्रो खेलमा नेपाल ओमानसँग पराजित भएको थियो ।
आठ टोली सामेल लिग– २ को अंकतालिकामा नेपाल र यूएई पुछारमा छन् ।
