काठमाडौँ । इङल्याण्डले इटालीलाई २०३ रनको लक्ष्य दिएको छ ।
जारी टी-२० विश्वकप अन्तर्गत समुह सी को जारी खेलमा टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै २०२ रन बनाएको हो ।
इङल्याण्डका लागि विल ज्याक्सले सर्बाधिक ५३ रन बनाए भने टम बानटमले ३०, फिल शाल्टले २८, साम करनले २५ र ज्याकब बेथेलले २३ रन बनाएका थिए ।
त्यसैगरी इटालीका बलर ग्रान्ट स्टेवार्ट र क्रिशान कालुगामाजले २-२ विकेट लिएका थिए ।
FACEBOOK COMMENTS