काठमाडौँ — कर्मचारी सञ्चयकोषले सिभिल बैंकका पूर्वअध्यक्ष इच्छाराज तामाङलाई ऋण तिर्न ३५ दिने सूचना जारी गरेको छ । सो अवधिभित्र ऋण नतिरेमा धितो राखिएको सुन्धारास्थित ६ रोपनी जग्गा र सोमा निर्माण भएको पसल कवलहरु (सीटीसी मल) लिलामी÷बिक्री गरी असुल गरिने कोषले जनाएको छ । तर तामाङले भने सीटिसीको झण्डै आधा सटर ब्यक्तिगत मानिसहरुलाई बिक्रि गरेको छ । यो संगै इच्छाराजले बेचेका सटर वालाहरुको विचल्ली हुने भएको छ ।
कर्मचारी सञ्चयकोषले उक्त धितो लिलामीबाट सम्पूर्ण ऋण रकम र अन्य रकम अशुल उपर नभएमा कानुनबमोजिम ऋणी तथा जमानी दिनेको अन्य चल, अचल सम्पत्तिबाट असुल उपर गरिने जनाएको छ । कोषका अनुसार उद्योग विभागमा दर्ता भएको आफ्नो सिभिल स्टेट्स प्रालि नामक कम्पनीमार्फत तामाङले ऋण लिएका थिए ।
तामाङलाई अहिले हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । सिभिल सेभिङ्स एण्ड क्रेडिट को–अपरेटिभ्समार्फत बचतकर्ताको रकम फिर्ता नगरेको आरोपमा प्रहरीले गत असोज १८ मा तामाङलाई पक्राउ गरेको हो । तामाङ उक्त सहकारी संस्थाका सल्लाहकार एवं पूर्व अध्यक्ष हुन् । उनी आवद्ध सहकारीले २ हजार भन्दा बढी बचतकर्ताको करिब साढे ७ अर्ब रुपैयाँ फिर्ता नगरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
तामाङविरुद्ध १ हजार ४ सय ४१ उजुरी पुगेको छ । ती उजुरी अन्तरर्गत मात्र पनि सिभिल सहकारीले ५ अर्ब ५३ करोड २६ लाख ६९ हजार ४ सय ४२ रुपैयाँ बिगो तिर्नुपर्ने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एसपी श्याम महतोले बताए ।
FACEBOOK COMMENTS