काठमाडा । आइसिएफसि फाइनान्स लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ ।
प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकहरूको उद्धार, खोजतलास, राहत तथा पुन:स्थापनाका कार्यमा सहयोग पुर्याउने उद्देश्यले संस्थाले उक्त रकम कोषमा जम्मा गरेको हो ।
विपद्को यस कठिन समयमा प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सरकार, सम्बन्धित निकाय, संघसंस्था तथा आम नागरिकबीच सहकार्य र एकताको आवश्यकता रहेको फाइनान्सले जनाएको छ ।
आइसिएफसि फाइनान्सले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिक तथा समुदायको साथमा रहँदै सामाजिक उत्तरदायित्व अन्तर्गत आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।