पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई थप १८ दिन हिरासतमै राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । तामाङलाई थप १८ दिन हिरासतमै राखी अनुसन्धान गर्न अनुमति दिइएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ताले जानकारी गराएका छन् ।
उनीमाथि ११२६ वटा जाहेरी र ४ अर्ब ६१ करोड बिगो दाबी गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई दुई साता अघि पक्राउ गरेको थियो ।
तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा र ठगीको आरोपमा तामाङलाई सुन्धाराबाट पक्राउ गरिएको थियो ।
उनि रियलस्टेट व्यवसायमा सबैभन्दा सफल व्यवसायीको रुपमा परिचित थिए ।
FACEBOOK COMMENTS