काठमाडौं । पूर्वसांसद तथा सिभिल सहकारीका पूर्वसञ्चालक इच्छाराज तामाङलाई थुनामा राख्ने विशेष अदालतको आदेश सर्वोच्च अदालतले सदर गरेको छ ।
हाल थुनामा रहेका तामाङलाई विशेष अदालतको आदेशकै निरन्तरता हुने आदेश सर्वोच्चले गरेको हो ।
सहकारी ठगीसम्बन्धी कसुर, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा उनी पुर्पक्षका लागि थुनामा छन् । तल्लो तहको अदालतको आदेशविरुद्ध उनी सर्वोच्च अदालत गएका थिए । तर, सर्वोच्चले शुक्रबार कानुनबमोजिम गर्नू भनी आदेश दिएको हो ।
सर्वोच्चका न्यायाधीशद्वय न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।
पूर्वसांसद तामाङमाथि सिभिल सहकारीका हजारौँ बचतकर्ताको रकम हिनामिना गरेको अभियोग छ । उनीविरुद्धका मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छन् ।
FACEBOOK COMMENTS