काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ्सका संस्थापक अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
पूर्वसांसद समेत रहेका संस्थापक तामाङलाई काठमाडौं जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको हो । उनीमाथि सहकारीमा रकम वचत गर्नेहरुको रकम ठगीको आरोप लागेको छ । सोही आरोपबारे जिल्ला अदालतले यस्तो आदेश दिएको हो ।
अदालतले सहकारी सञ्चालक समिति अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि थुनामा पठाउन आदेश दिएको छ । ९ जनालाई धरौटी र एक जनालाई साधारण तारेखमा छाड्न आदेश भएको छ ।
सिंहका अनुसार पूर्वलेखासमिति सदस्य हरिहर लामिछानेलाई ५० लाख, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाहलाई १५ लाख, जुनियर असिस्टेन्ट म्यानेजर एलिना तुलाधारलाई ५ लाख, मायोनानी महर्जनलाई ५ लाख र सहजकर्ता प्रबन्धक भगवानबहादुर सिंहलाई १० लाख रुपैयाँ धरौटी मागिएको छ ।
जुनियर अधिकृत शंकरप्रसाद पाठकलाई २ लाख ५० हजार, लेखा अधिकृत राकेश महर्जनलाई ५० हजार, जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङलाई ५ लाख, कौस्तुभ केतन ढुंगानालाई ५ लाख र असिस्टेन्ट संगीत श्रेष्ठलाई साधारण तारेखमा छाड्न आदेश भएको छ ।
ईच्छाराजविरुद्ध एक हजार ४९९ जनाले किटानी जाहेरी दिएका थिए ।
FACEBOOK COMMENTS