काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रम ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि नलेज पार्टनरको रुपमा प्रेसिडेन्सियल विजनेस स्कुल आवद्ध भएको छ ।
सोमबार प्रेसिडेन्सियल विजनेस स्कुलका कार्यकारी अध्यक्ष लक्ष्मण केसी र आइसिटी अवार्डका संयोजक राजन लम्सालबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सन् २०१६ बाट सुरु भएको ‘आइसिटी अवार्ड’को सातौं संस्करणको रुपमा यस वर्ष विभिन्न १२ विधामा छनौट प्रकृया सुरु भएको छ । यस वर्ष दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुको लागि ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२’ पनि आयोजना हुदैछ ।
आइसिटी अवार्डको छनौट प्रकृयामा १३ जना विज्ञ जुरी सदस्य र १५ जना विशिस्ट सल्लाहकारहरु रहेका छन् । यस वर्ष साउथ एसिया वाहेक अन्य ११ विधामा ४०० बढिको नोमिनेसन प्राप्त भएको छ भने साउथ एसिया अवार्डको लागि सेक्टेम्बर ३० तारिखसम्म नोमिनेसन खुल्ला रहेको छ ।
आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ (२३ डिसेम्बर, २०२२) गते द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ । यसैगरी प्रि इभेन्ट क्याम्पियनको रुपमा कार्तिक तेस्रो साता देशैभरीका १०० भन्दा बढि डिजिटल स्टार्टअपहरुको प्रदर्शनी तथा मेन्टरिङ सेसनको रुपमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुनेछ ।
FACEBOOK COMMENTS