३१ भदौ २०७८ काठमाडौं । “खानेकुरा र खोप दुवैलाई सही तापक्रममा राख” भन्ने नाराका साथ आज विश्व ओजोन तह बचाउ दिवस, मनाइँदैछ ।
जति–जति पृथ्वी तात्दै जान्छ, जलवायु प्रणालीमा आउने परिवर्तनहरू ठूला हुँदै जानेछन् । विभिन्न अध्ययन अनुसार पृथ्वीको तापक्रम बढ्नुको मुुख्य कारण भनेको पृथ्वीमा कार्बनडाइअक्साइड धेरै हुनु पाइएको छ छ ।विश्वमा सन् १९८० को दशकयता तापक्रम ५० डिग्री सेल्सियस भन्दा बढी भएका दिनहरुको संख्या बढ्दो छ । अहिले पृथ्वीको तापक्रम औद्योगिकरण पू्र्वको अवस्था भन्दा १.०७ डीसे बढी भइसकेको छ । अत्यधिक तापक्रमले मानिससँगै पारिस्थितिक प्रणालीमा असर गरेको छ । कार्बनडाइअक्साइडको मात्रा निरन्तर बढ्दै जाँदा पृथ्वीकै आयु घट्दै गईरहेको चिन्ता विज्ञहरुले व्यक्त गरेका छन् ।
विज्ञका अनुसार कार्बनडाइअक्साइड उत्सर्जन नघटाएमा जलवायु परिवर्तनको स्थीतीमा सुधार हुन सक्दैन भन्ने छ । कार्बनडाइअक्साइड र अरू हरित गृह ग्यासहरूको उत्सर्जनमा गहिरो कटौती नगरिएमा विज्ञले तय गरे १.५ डीग्री सेल्सियस र २ डीग्री सेल्सियस को तापक्रम वृद्धिको सीमा नाघिने पनि चेतावनी रहेकोे छ ।
जापान, अमेरिका, भारत, रुस, ब्राजिललगायत विकसित देशले ९५ प्रतिशत कार्बन उत्सर्जन गर्दछन् । ठूलाठूला उद्योग कलकारखानाबाट निस्किएको कार्बनको असर नेपाल जस्ता विकासशील देशहरुले पनि बराबरी भोग्नु परेको छ । वनजङ्गल, सिमसार क्षेत्र र नदीनाला संरक्षण नै कार्बन उत्सर्जन घटाउने मुख्य उपाय हो । विश्वभरि उत्सर्जन हुने कुल कार्बनमध्ये नेपालले शून्य दशमलव २७ प्रतिशत मात्र उत्सर्जन गर्छ ।
FACEBOOK COMMENTS