काठमाडौं । हामी नेपालका संस्थापक सुदन गुरुङले जेनजीका माग पुरा नभएसम्म चुनाव हुन नदिने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जाल मार्फत गुरुङले ८४ को चुनाव ८२ मा सार्नलाई गरिएको आन्दोलन होइन भन्दै नेपाली जनता र जेनजीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन नदिइने चेतावनी दिएका हुन् ।
साथै गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालले बाचा अनुसार काम गर्न नसकेको भन्दै पद छोड्न समेत आग्रह गरेका छन् । गुरुङले देशभरबाट ’हत्यारालाई कारबाही गर’ ’भ्रष्टाचारीलाई कारबाही’ गर भन्ने आवाज उठ्दा ’जेनजीलाई कारबाही’ गर सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान भएको समेत उल्लेख गरेका छन् ।
FACEBOOK COMMENTS