असोज १९,काठमाडौँ । यो बर्ष सांसदहरुले दसैँ भत्ता नपाउने भएका छन्। सरकारको निर्णय अनुसार २०७६ सालदेखि सांसदलाई बाँडिँदै आएको दसैँ भत्ता यसपाली खारेज भएको छ ।
कोरोना महामारीले अर्थतन्त्र कमजोर बनाएका बेला पनि सांसदले भत्ता लिएको भन्दै चौतर्फी आलोचना भएपछि संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुको खातामा असोज महिनाको मात्र तलबभत्ता पठाएको छ ।
गत वर्ष दशैं भत्ता दिँदा विवाद भएको र यस वर्ष मन्त्रिपरिषदले सांसदहरुलाई दसैँ भत्ता दिने वा नदिने भनी कुनै निर्णय नगरेकाले दसैँभत्ता नदिएको संसद सचिवालयले जानकारी दिएको छ ।
असोज महिनाको तलबबापत सांसदलाई कुल दुई करोड ९८ लाख ४६ हजार तथा सांसदका पिएका लागि एक करोड ४३ लाख ७४ हजार निकासा गरेको सचिवालयले जनाएको छ ।
FACEBOOK COMMENTS