काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शार्मा ओलीले नेपालका ६० प्रतिशत मानिस कृषि पेशामा भएर पनि आयतको ठूलो हिस्सा कृषिजन्य सामग्री नै हुनु दुःखद् भएको बताएका छन् । १९औं धान दिवसको अवसरमा भक्तपुरको सिरुटारमा अयोजित रोपाइँ महोत्सवमा उनले यो स्थिति हाम्रै लापरवाहीका कारण आएको बताएका छन् ।
उनले अब यस्तो स्थितिलाई सुधार गर्नु पर्ने बताए । अहिले हामी आफैले गर्दै आएको लापरवाही, असावधानी, प्रयासहरूको कमीको अन्त्य गर्नु पर्ने बताए । यो अवस्थाको सुधार गरेसँगै हामी कृषिको व्यवसायीकीकरणतर्फ लम्कने उनले बताए । आफैलाई सुधार गरे उन्नत बिउँ र आफ्नै जीवनस्तर समेत सुधार गर्न सकिने बताए ।
नेपाल कृषि प्रदान देश हो । हाम्रो मुख्य कृषि उत्पादन पनि धान नै हो । नेपालको हावापानी र माटो सबै हिसाबले धान उत्पादनका लागि उपयुक्त छ । यो सबै भूभाग र वातावरणलाई हामीले सदुपयोग गर्नु पर्ने उनको भनाइ छ ।
FACEBOOK COMMENTS