काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एक–आपसमा मर्जपछि आजबाट एकीकृत कारोबार शुरु भएको छ ।
दुवै कम्पनी एक–आपसमा गाभिएपश्चात् बन्ने कम्पनीको नाम आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहनेछ ।
बैशाख १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका अनुसार दुई कम्पनीबीच मर्जर भई एकीकृत कारोबार शुरु गर्ने निर्णय गरेको थियो । मर्जरसम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारणसभामा लगिनेछ ।
दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमति एवं डिडिए रिपोर्टसमेतका आधारमा आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर अनुपात १ः१ कायम रहने गरी सम्झौता गरिएको छ ।
आइएमई जनरल र प्रुडेन्सियलबीच माघ २७ गते एकआपसमा मर्जरमा जाने सहमति भएका थिए । दुई कम्पनीबीच १ बराबर १ अनुपातमा मर्जरमा जाने भएका हुन् ।
मर्जर पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी २ अर्ब ९२ करोड ७१ लाख रूपैयाँ पुगेको छ ।
FACEBOOK COMMENTS