काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजनामा टुँडिखेलमा भइरहेको ‘सीप मेला २०८२’ मा अग्नि टेक्निकल इन्स्टिच्युटअन्तर्गत इग्नाइट लर्निङ ल्याबले सक्रिय सहभागिता जनाइरहेको छ । सीपयुक्त र रोजगारयोग्य युवा जनशक्ति तयार गर्ने लक्ष्यसहित आयोजना भइरहेको कार्यक्रममा इग्नाइट लर्निङ ल्याबले हस्पिटालिटीअन्तर्गत विभिन्न विधामा तालिम उपलब्ध गराइरहेको छ ।
‘स्किल–अप विथ इग्नाइट, स्केल–अप योर फ्युचर’ भन्ने मुख्य सन्देशको साथ इग्नाइटले ‘लक्जरी हस्पिटालिटी कोर्स’, ‘फुड एन्ड बेभरेज ट्रेनिङ’ तथा ‘बार ट्रेनिङ’ उपलब्ध गराइरहेको छ । इग्नाइट लर्निङ ल्याबले यी कोर्सहरूमार्फत विभिन्न क्षेत्रमा उत्सुक हुने, सीप सिकी काम गर्न चाहनेहरूको ‘प्यासन’ लाई ‘प्रोफेसन’ मा बदल्न सहयोग गर्ने उद्देश्य लिएको छ ।
हस्पिटालिटी क्षेत्रमा इच्छुक हुनेहरूले ‘फुड एन्ड बेभेरेज’, ‘बार एन्ड बेभेरेज सर्भिस’, ‘सर्भिस एटिक्वेट एन्ड डाइनिङ एक्पेरियन्सेज’, ‘मेनु एन्ड टेबल म्यानेजमेन्ट’, ‘रेस्टुरन्ट अपरेशन’, ‘मिक्सोलोजी एन्ड ड्रिङ्क क्राफ्टिङ’, ‘बार सेट–अप एन्ड इन्भेन्टरी कन्ट्रोल’, ‘रियल–टाइम गेस्ट सर्भिस ड्रिल’ आदि विधामा कोर्सहरूमा तालिम लिन सक्नेछन् । इग्गाइट लर्निङ ल्याबमार्फत यी कोर्स पूरा गर्ने प्रशिक्षार्थीहरू हस्पिटालिटी क्षेत्रमा रोजगारका लागि छोटो समयमा नै तयार हुन सक्नेछन् ।
इग्नाइट लर्निङ ल्याबले कोर्समा भएका पाठहरूको प्रत्यक्ष डेमोको साथमा हस्पिटालिटी उद्योगमा दक्ष र अनुभवी प्रशिक्षकहरूबाट करिअरका लागि निःशुल्क मार्गदर्शन वा मेन्टरिङ प्रदान गर्दै प्रशिक्षार्थीहरूको लक्ष्य हासिल गर्न सहयोग पनि गरिरहेको छ । यसका साथै, तालिम पूरा गर्ने प्रशिक्षार्थीहरूलाई व्यावसायिक क्षेत्रमा परिचित गराउन इन्टर्नशिप प्लेसमेन्टको ग्यारेन्टी पनि गरेको छ ।
हालसम्म १६०० भन्दा बढी सक्रिय प्रशिक्षार्थीहरू भएको सीप मेला जेठ ७ देखि सुरू भएको थियो भने ३० दिनसम्म अझै अर्थात् ७ गतेसम्म चल्नेछ ।
इग्नाइट लर्निङ ल्याब, विश्वस्तरीय सुविधा, दक्ष प्रशिक्षकसहित हरेक प्रशिक्षार्थीलाई व्यक्तिगत सीप विकासमार्फत भविष्यका लागि तयार बनाउन प्रतिबद्ध संस्था हो । इग्नाइट लर्निङ ल्याबले प्राविधिक तथा हस्पिटालिटी क्षेत्रको बढ्दो जनशक्तिको मागलाई पूरा गर्न विभिन्न कोर्सहरूमा प्रशिक्षण दिइरहेको छ ।
FACEBOOK COMMENTS