काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आन्दोलनमा प्रहरीलाई निशाना बनाउने प्रवृतिलाई अन्त्य गर्नुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंको बौद्धमा पुननिर्मित प्रहरी कार्यालयको उद्घाटन गर्दै कार्कीले आन्दोलनमा शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीलाई नै निशाना बनाउने प्रवृतिलाई अन्त्य गर्नुपर्ने बताएका हुन् । उनले चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाउने देखिएको गुनासो समेत गरे ।
नागरिक र प्रहरीको साझेदारीपूर्ण सहभागीताले नै मुलुकभरमा शान्ति सुरक्षा कायम हुने भएकाले नागरिक र प्रहरीको सम्बन्धलाई प्रगाढ गर्दै अघि बढ्न निर्देशन दिए ।
आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण भएतापनि अन्तत: शान्तिसुरक्षा कायम गर्न प्रहरी नै आवश्यक पर्छ भन्ने हेक्का सवैलाई भएको उनले बताए । जनेजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएको बौद्ध प्रहरी कार्यालयको पुननिर्माण गरिएको हो ।
FACEBOOK COMMENTS