काठमाडौं । नेपाल प्रहरीका ३२औं आईजीपी चन्द्रकुबेर खापुङ अवकाशमा गएका छन् । गए रातिदेखि खापुङ ३० वर्षे सेवा अवधि हदका कारणले अवकाशमा गएका हुन् ।
खापुङ छोटो कार्यकालका लागि आइजिपी बनेका थिए । उनलाई तत्कालीन सरकाले भदौ १४ गते आइजिपी नियुक्त गर्ने निर्णय गरेको थियो। भदौ १९ गते फुली लगाएसँगै उनले प्रहरीको नेतृत्व सम्हालेका थिए ।
बुधबार गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र प्रहरी प्रधान कार्यालयले समेत उनलाई बिदाइ गरेका थिए । खापुङ प्रहरी नेतृत्वमा पुगेको केही दिनमै भदौ २३ गते जेनजी आन्दोलन भयो।
त्यसको भोलिपल्ट देशभरिका प्रहरी तथा संरचनामा आक्रमण भएको थियो । यस्तै आजदेखि नेपाल प्रहरीको कमाण्ड दानबहादुर कार्कीले सम्हाल्दैछन् ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कार्कीलाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको थियो ।


FACEBOOK COMMENTS