काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबारबाट सेवानिवृत्त हुन लागेका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङलाई गरेका छन् ।
३० वर्षे सेवाअवधिका कारण बिहीबारदेखि अनिवार्य अवकासमा जान लागेका आईजीपी खापुङलाई मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले बिदाइ गरेका छन् ।
१९ भदौमा खापुङ आईजीपी बनेका थए । उनी ६९ दिन प्रहरी नेतृत्वमा रहे । बुधबार साँझ नै प्रहरी प्रधान कार्यालयले खापुङलाई बिदाइ गर्दैछ । खापुङ अवकासमा जाने भएपछि सरकारले वरिष्ठ एआईजी दानबहादुर कार्कीलाई सोमबारको मन्त्रिपरिषद् बैठकबाट आईजीपी नियुक्त गरिसकेको छ ।
गृहमन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा गृहसचिव रामेश्वर दंगाल, मन्त्रालयका सहससचिव, उपसचिव, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृतहरूको उपस्थित थियो । कार्यक्रममा गृहमन्त्री अर्यालले सेवा निवृत्त जीवन सफलताको कामना गरेका थिए ।
FACEBOOK COMMENTS