काठमाडौं । फेसन डिजाइनिङ र मोडलिङको समिश्रण ‘ड्रेस टु इम्प्रेस’ सिजन–१२ मा ४ डिजाइनर उत्कृष्ट घोषित भएका छन् । ११९ जना फेसन डिजाइनर प्रतिस्पर्धामा उत्रिएका थिए ।
आईआईएफटी ः स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले आयोजना गरेको उक्त प्रतिस्पर्धात्मक प्रतियोगितामा आयोजकले डिजाइनरहरुलाई ‘डेनिम फिचर’, ‘ग्ल्याम इन प्याच’, ‘एक्जोटिक फौना’ र ‘इकोज अफ टाइम’ गरी ४ वटा थिम दिएका थिए ।
जसमा डेनिम फिचरतर्फ रेजिना श्रेष्ठ, ग्ल्याम इन प्याचतर्फ प्रतीक गुरुङ, एक्जोटिक फौनातर्फ इमायुङ राई र इकोज अफ टाइमतर्फ युयान वाङ (सेलिना शाही) विजेता बने ।


शनिबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतिस्पर्धामा सामाजिक सञ्जालमा भएको प्रतिस्पर्धा अनुसार विजेता समेत छानिएको थियो । जसमा आईआईएफटी मोस्ट लाइक्ड लेजेन्ड अवार्ड नीलम दास, आईआईएफटी स्ट्रोमस सेयरड च्याम्पियन अवार्ड आयुषा श्रेष्ठ र आईआईएफटी पब्लिक च्वाइस अवार्ड प्रमिला श्रेष्ठले हात पार्न सफल भए ।
सम्पूर्ण विजयी प्रतियोगी डिजाइनरहरूलाई नगद तथा अवार्डद्वारा सम्मानित गरिएको थियो । प्रतियोगीहरूलाई पÞmेसिअल हाउसका मेकअप आर्टिस्टहरूद्वारा आकर्षक रूपमा सिंगारिएको थियो ।



प्रतियोगितामा उत्कृष्ट डिजाइनर छनोटका लागि नेपालका चर्चित फेसन डिजाइनरहरू सहितको ६ सदस्यीय निर्णायक मण्डलमा महेश महर्जन, मुक्ता श्रेष्ठ, निशा श्रेष्ठ, मनीष राई, अन्चु पाण्डे र अंकित माइती रहेका थिए ।
एफएनसिसिआईका पूर्व अध्यक्ष भवानी रानाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व मिस नेपाल इन्टरनेसनल २०१७ तथा कलाकार नीति शाह, ‘मिस नेपाल वल्र्ड २०२५’ लुना लुइटेल, ‘मिस नेपाल कोस्मो २०२५’ दीपशिखा नेपाल, ‘मिस नेपाल इन्टरनेसनल २०२५’ उरुषा भण्डारी र ‘मिस नेपाल अर्थ २०२५’ सोनी घले शोस्टपरको रूपमा स्टेजमा प्रस्तुत भएका थिए ।


कार्यक्रम आईआईएफटीले विगत १ दशकदेखि आयोजना गर्दै आएको हो । आईआईएफटीले डिप्लोमा कोर्स अध्ययन गर्दै गरेका आफ्ना विद्यार्थीहरूलाई ‘ड्रेस टु इम्प्रेस’मार्फत फेसनसम्बन्धी थप ज्ञान प्रदान गर्दै उनीहरूको सिर्जनालाई आम जनमानसमा प्रस्तुत गर्दै आएको छ, जहाँ डिजाइनर आफैँले तयार पारेका पहिरनमा प्रस्तुति दिने गर्छन् । यसले उनीहरूलाई मोडलिङसम्बन्धी ज्ञान पनि प्राप्त गर्न सहयोग पु¥याउँछ ।


फेसन डिजाइनर बन्न चाहनेहरूका लागि हब बनेको आईआईएफटीले फेसन डिजाइनिङमा डिप्लोमा तथा एड्भान्स कोर्स सञ्चालन गर्दै आएको छ । काठमाडौंको बागबजार प्लाजा र कमलादीस्थित हेरिटेज प्लाजा तथा ललितपुरको कुमारीपाटीमा रहेको आईआईएफटीमा इन्टेरियर डिजाइनका कोर्सहरू पनि सञ्चालनमा छन् ।
आईआईएफटीका प्रबन्ध निर्देशक फूपु तेन्जिङ शेर्पाका अनुसार फेसन डिजाइनिङ विद्यार्थीहरूका लागि ‘ड्रेस टु इम्प्रेस’ प्रतियोगिताले थप ज्ञान र अनुभव संगाल्ने अवसर दिएको छ । उनले भने, “फेसन डिजाइनिङ सिर्जनात्मक कार्य हो, जुन कार्य जनमानससम्म पु¥याउन स्टेज आवश्यक हुन्छ । त्यसैअनुसार विद्यार्थीहरूका लागि ‘ड्रेस टु इम्प्रेस’लाई निरन्तरता दिँदै आएका छौँ ।”
FACEBOOK COMMENTS