काठमाडाैं । कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा कलाकार सुलेमान शंकर (इकु) भनिने सूर्यमान शंकर छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार बूढानीलकण्ठबाट पक्राउ गरेको हो ।
ललितपुरको धापाखेल घर भएका ४० वर्षीय इकुले विदेशमा हुने सांस्कृतिक कार्यक्रकहरूमा गैरकलाकारलाई कालाकार बनाएर क्यानडा, अष्ट्रेलिया तथा युरोपका अन्य देशहरूमा लैजाने भन्दै ठगी गरेको पाइएको सीआईबीले जनाएको छ ।
यसका लागि उनले सञ्चालन गरेको एसएमएस फिल्म प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रूपैयाँ रकम जम्मा गर्न लगाएको पाइएको सीआईबीले जनाएको छ ।
विदेश जान लागेका व्यक्तिहरूको नक्कली डकुमेन्टसमेत बनाउने गरेको सूचना पाएपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका इकुविरूद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
हेर्नुहाेस् भिडिओ-
FACEBOOK COMMENTS