काठमाडौं । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौँ तह) डिल्लीराज खड्का ६ लाख रूपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियारको इटहरीस्थित कार्यालय र टंगालको संयुक्त टोलीले खड्कालाई केही बेरअघि नियन्त्रणमा लिएको हो ।
आयोगका अनुसार खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए ।
सेवाग्राहीबाट ६ लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा झापाको दमक नगरपालिका–९ स्थित एक खाजा घरबाट उनलाई नियन्त्रणमा लिइएको हो ।