इलाम । प्रतिनिधि सभा उपनिर्वाचनअन्तर्गत इलाम क्षेत्र नं. २ मा नेकपा एमालेका युवा उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रता निरन्तर बढाउँदै लगेका छन् ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार सुहाङले ११ हजार ९ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसका डम्बर खड्काले सात हजार २७५ मतका साथ पछ्याइरहेका छन् ।
यस्तै, पहिचानवादीहरूको उम्मेदवारका रुपमा खडा भएका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले पाँच हजार ८६९ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बुले जम्मा एक हजार ५०९ मतका साथ थेगिमलाई पछ्याइरहेका छन् ।
इलाम–२ मा जितको दाबी गरेको रास्वपाका लिम्बुले एमालेका नेम्वाङलाई चौथो स्थानबाट पछ्याइरहेका छन् ।
बझाङमा एमालेले फेरि कांग्रेसलाई उछिन्यो
