काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक प्रदान गर्ने उदेश्यका साथ ‘उडान मेला’नामक योजना सार्वजनिक गरेको छ ।
माघ २ गतेबाट सुरु भएको अफरमार्फत आइएमई पेका सेवाग्राहीहरुले आन्तरिक हवाई टिकटमा ३०० सम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।
योजनामा नियमित ग्राहकहरुले ‘SAVE100’ प्रोमोकोड राखेर १०० क्यास ब्याक र पहिलो पटक आइएमई पेबाट टिकट खरिद गर्ने ग्राहकहरुले ‘FIRSTFLY’ प्रोमोकोड राखेर ३०० क्यासब्याकको लाभ उठाउन सक्नेछन् । हवाई टिकट खरिद गर्ने बेला आइएमई पे एपमा ‘Have Promocode?’ सोधिएको ठाउँमा यि प्रोमोकोडहरु राखेर क्यास ब्याक प्राप्त गर्न सकिनेछ ।
‘आगामी विवाहको सिजन र धेरै सार्वजनिक बिदाहरूलाई लक्षित गर्दै, ‘उडान मेला’ ले हाम्रा प्रयोगकर्ताहरूलाई थप किफायती र सहज रूपमा यात्रा गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ’, आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।
FACEBOOK COMMENTS