काठमाण्डौ । आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता भएको छ।
सम्झौताअनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकले सीधै आइएमई पे वालेटबाट िलन सक्नेछन्।
सम्झौता ग्राहकलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम झन्झट बिना प्राप्त गर्न मिल्ने उद्देश्यका साथ गरिएको कम्पनीले जनाएको छ।
‘आइएमई पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आइएमई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा ‘आइएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो। यस्तो अनुमति पाउने आइएमई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो।
FACEBOOK COMMENTS