काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेड मर्जरपछि बनेको आइएमई खल्ती लिमिटेडले साउन १ देखि एकीकृत कारोबार गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था आइएमई र खल्तीलाई एकआपसमा गाभिएर एकीकृत कारोबार गर्न अनुमति दिएको हो ।
राष्ट्र बैंकले साविकका संस्थाहरुको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी गाभ्न(गाभिन अन्तिम स्वीकृति गरिएको दिएको छ ।
FACEBOOK COMMENTS