काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९–८० को बोनस शेयर तथा नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ ।
हिजो बुधबार सम्पन्न कम्पनीको सञ्चालक समितिको १९२औं बैठकले शेयरधनीलाई कुल ३४ दशमलव ५० प्रतिशत लाभांस वितरण गर्न प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको बोनस शेयर र ९ दशमलव ५० प्रतिशतले हुन आउने ३८ करोड रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) प्रस्ताव गरेको हो ।
यो लाभांश नियामक बीमा प्राधिकरणबाट स्वीकृत र आगामी साधारण सभाबाट पारित भएपश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ कायम हुनेछ ।
FACEBOOK COMMENTS