काठमाडाैं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको क्लब योजनामध्येको सर्वोच्च क्लब ‘एभरेष्ट क्लब’ मा पुग्न सफल सिनियर एजेन्सी म्यानेजर लक्ष्मी घिमिरेलाई सम्मान गरेको छ ।
घिमिरेले पहिलो पटक उक्त क्लबको लक्ष्य पूरा गरेकी थिइन् । उनलाई कम्पनीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।
आफ्ना अभिकर्ताहरूलाई प्रेरणा तथा हौसल्ला प्रदान गर्ने उद्देश्यले उक्त सम्मान गरिएको थियो । सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन, विभागीय प्रमुखहरू र कर्मचारीहरूको उपस्थिति थियो ।
कार्यक्रममा घिमिरेका श्रीमान तथा परिवारका सदस्यहरूलाई समेत उपस्थित गराई हौसल्ला प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले यो सम्मान केवल ‘एभरेष्ट क्लब’ मात्र नभई जीवन बीमा व्यवसायमा निष्ठा, लक्ष्यप्रति प्रतिबद्धता र कठिन परिश्रमको सम्मान रहेको बताए ।
कम्पनीले विभिन्न विधामा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गर्दै आएको र यसले सम्पूर्ण अभिकर्ताहरूलाई अझ ऊर्जावान् र प्रेरित बनाउने उनले बताए ।
FACEBOOK COMMENTS