काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र ग्राण्डी अस्पताल बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
दुबै पक्ष विच एक औपचारीक कार्यक्रमको आयोजना गदै समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
समझदारी संगै आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित अभिकर्ता तथा कर्मचारीहरुलाई ग्राण्डी अस्पतालमा उपचार सेवा लिदा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।
यस्तै वेलनेस प्याकेजमा विषेश सहुलियत दिने दुबै पक्षविच समझदारी भएको छ ।
सम्पर्क व्यक्तिको सम्पुर्ण जानकारी कम्पनीको अधिकारिक वेबसाइट राखिएको छ ।
उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन ।
अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधाको लाभ लिनसक्ने इन्स्योरेन्स कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS