काठमाडौं । ललितपुर महानगरपालिकाका स्थानीय बासिन्दाहरुले स्थानीय सरकारलाई तिर्नुपर्ने करहरु सजिलै आइएमई पे एपबाट तिर्न सक्ने भएका छन्।
आईएमई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिकाबीच सो सम्बन्धि हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार विद्युतिय कर भुक्तानीमा महानगरपालिकाले आईएमई डिजिटल सोलुसन लिमिटेडको मोबाइल वालेट आइएमई पेको प्रयोग गर्ने जनाएकाे छ ।
ललितपुर महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल सरकारको घोषित डिजिटल नेपाल अभियानमा स्थानीय तहको सरकारसँग सहकार्य गर्न पाउदा आइएमई पे परिवार खुशी व्यक्त गरेको छ ।
FACEBOOK COMMENTS