काठमाडौं । डिजिटल वालेट ‘आइएमई पे’ले एक कार्यक्रममाझ नेपाली क्रिकेटर आसिफ शेखलाई ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ ।
राष्ट्रिय क्रिकेट टिमबाट दायाँ हाते विकेटकिपर र ब्याट्सम्यानको रुपमा खेल्दै आएका शेखलाई घोषणा गरेको छ । कीर्तिपुरमा जारी एनपीएलमा आसिफ जनकपुर बोल्ट्सबाट खेलिरहेका छन् ।
दुई पक्षबीच भएको साझेदारी खेलकुद र डिजिटल भुक्तानीलाई जोड्ने एक उत्कृष्ट कदम भएको ‘आइएमई पे’ ले अपेक्षा गरेको छ ।
साथै डिजिटल फाइनान्सको सम्भावनालाई नेपाली क्रिकेटको जोशसँग जोड्न महत्वपूर्ण कदम चालेको पनि आइएमई पेका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० प्रवीण रेग्मीले बताए।
‘नेपाली क्रिकेटको लागि आफ्नो समर्थन जारी राख्दै, हामी विश्वास गर्छौं कि यो साझेदारी खेलकुद र डिजिटल भुक्तानीलाई जोड्ने एक उत्कृष्ट कदम हुनेछ,यो साझेदारीले डिजिटल फाइनान्सको सम्भाव्यतालाई नेपाली क्रिकेटको जोशसँग जोड्ने छ,’ आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्योट विनियमावली( २०७२ बमोजिम ‘आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।
FACEBOOK COMMENTS