काठमाडौँ । आईएमई पेले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा स्मार्ट हेल्थ–सुरक्षित भव: नामको नयाँ बीमा सुविधा सार्वजनिक गरेको छ ।
आईएमई पेमार्फत प्राप्त गर्न सकिने यस सेवाबाट ग्राहकले व्यक्तिगत दुर्घटना बिमाअन्तर्गत बिमित व्यक्ति र तिनका परिवारलाई आकस्मिक चोटपटक वा मृत्युसम्मको अवस्थामा उच्चतम आर्थिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
मात्र ३ सय ६५ रुपैयाँमा प्राप्त गर्न सकिने यस सेवामार्फत उपचारको क्रममा लाग्ने दुई लाख ३० हजार रुपैयाँसम्मको बीमा दाबी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथै बिमितले आईएमई पे एपमा उपलब्ध अन्य स्वास्थ्य सेवामा पनि विभिन्न छुटहरू प्राप्त गर्न सक्नेछन् ।
यस व्यक्तिगत दुर्घटना बीमाले दुर्घटनाबाट हुने आकस्मिक मृत्यु, स्थायी अक्षमता, कुल आंशिक अक्षमता, नियमित आम्दानीमा हुने हानि, आकस्मिक चिकित्सा खर्च, शोक व्यय तथा अन्त्येष्टि खर्चहरू समेत समेटेको छ ।
डिजिटल फाइनान्सियल सर्भिसमार्फत बिमाको दायरालाई थप फराकिलो बनाउन सकिने र यो सेवा उक्त कार्यमा एउटा कोशेढुंगा सावित हुने विश्वास लिएको आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।
FACEBOOK COMMENTS