काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना सङ्क्रमण प्रतिरोधात्मक औषधिको अभाव नहुन दिन र त्यस्ता औषधिको तत्काल व्यवस्थापन गर्न निर्देशन दिएका छ न् ।
बुधबार गृहमन्त्री बालकृष्ण खाण र मुख्य सचिव शङ्करदास बैरागीलाई कुनै पनि औषधिको अभाव हुन नदिन र त्यसका लागि आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएका छन् । स्रोतका अनुसार दुवैलाई एकै साथ औषधि आपूर्ति तथा व्यवस्थापनका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिए ।
अहिलेको अवस्थामा नेपाली बजारमा सिटामोललगायतका औषधिको अभाव भएको भन्ने गुनासो आएको भन्दै औषधी अभाव हुन नदिन र कालोबजारी रोक्न यस्तो निर्देशन दिएका हुन् । केही दिनअघि प्रधानमन्त्री देउवाले सरुवा तथा सङ्क्रामक रोग विशेषज्ञहरूसँग पनि छलफल तथा परामर्श गरेका थिए ।
उनले निजी अस्पतालले कोरोनासँग सम्बन्धित औषधि बढी मूल्य लिएको गुनासो आएको भन्दै त्यस्ता अस्पतालमा निगरानी राखी तत्काल कारबाही गर्न निर्देशन दिए ।
FACEBOOK COMMENTS