काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अदालतबाट लगातार झट्का लाग्दै आएको छ ।
आइतबार एक अमेरिकी न्यायाधीशले ट्रम्प प्रशासनलाई आफ्नो परिवार बिना सीमा पार गरेर अमेरिका फर्किएका ग्वाटेमालाका बालबालिकालाई देश निकाला गर्नबाट अस्थायी रूपमा रोक लगाएका छन् ।
अमेरिकी कानूनले आप्रवासी बालबालिकालाई विशेष सुरक्षा दिने भएपनि बालबालिकालाई विमानमा राखेर रातारात फिर्ता पठाइएको विषयमा दायर भएको रिटमान न्यायाधीशले त्यस्तो गर्न रोक लगाएका हुन् ।
वाशिंगटनका एक संघीय न्यायाधीशले यी बालबालिकालाई कम्तिमा १४ दिनसम्म देश निकाला गर्न नसकिने आदेश दिए । आइतबार भएको द्रुत सुनुवाइपछि न्यायाधीशले बालबालिकालाई विमानबाट निकालेर
कानुनी प्रक्रिया पूरा नभएसम्म फेरि शरणार्थी पुनर्वास केन्द्र कार्यालयहरूमा राख्नुपर्ने आदेश दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
न्यायाधीश स्पार्कल एल. सुकाननले भने– ’’म यसबारे कुनै भ्रम नहोस् भन्ने चाहन्छु।’ उनले स्पष्ट पारिन् कि यो आदेश आमाबाबु वा अभिभावक बिना अमेरिका आइपुगेका सबै ग्वाटेमालाका नाबालिगहरूमा लागू हुन्छ ।
यसैबीच, सरकारी वकिलहरूले बच्चाहरूलाई देश निकाला नगरिएको दाबि गरेका थिए ।
FACEBOOK COMMENTS