काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सर्भर डाउन भएकाे छ ।
अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा १० बजेकाे विमानकाे यात्रुकाे अझै जाँच पास हुन सकेको छैन ।
हिमालयन एअरलाईन्स बाट साउदी उडन लागेका यात्रु करूण लामिछानेका अनुसार २ घण्टा अध्यागमन विभागमा लाईन बस्दा पनि चेक नभएको हाे ।
उनले भने, ´मेराे १० बजेकाे फलाईट छ । तर अहिले सम्म जाँच पास भएको छैन । यात्रुले अध्यागमन विभाग भरिएकाे छ । झन्डै १ हजार जना हाेलान् । `
यसबारे जानकारी लिन अध्यागमनका सुचना अधिकारी प्रेम प्रसाद दाहाललाई सम्पर्क गर्न खाेज्दा सम्पर्क हुन सकेन ।
तस्वीरः करूण लामिछाने
FACEBOOK COMMENTS