काठमाडौं । अध्यागमन विभागमा कार्यरत बन्दना कर्णको विवाद झन् झन पेचिलो र रहस्यमयी बैन्दै गएको छ । कर्णले शनिवार मिडिया मार्फत संघका पदाधिकारीहरुलाई ग्याङ भन्दै उनीहरुलाई पनि साईवर कानुन लगाएर थुन्नलाई मुद्धा हाल्ने तयारी रहेको भन्दै धम्की दिएकी छिन् ।
महिला हकहितका लागि समाज सेवा गर्दै आएकी नेपाल ब्युटिसियन संघकी निर्वतमान अध्यक्ष भगवति खड्काले नेपाल भरीको प्रतिनिधित्व गर्ने संस्थालाई ग्याङ भन्नु कर्णले पाएको पदको दुरुपयोग हो ।
कर्णले पदियदुरुपयोग दिन प्रतिदिन बढाउदै गएको खड्काले बताईन् । यसको विरुद्घमा पनि सम्बन्धित निकायमा कर्ण र उक्त मिडियालाई उजुरी हाल्ने संघले निर्णय गरेकोे खड्काले बताईन् । आफ्ना सदस्यले परेको मर्काको बारेमा लिखित रुपमा निवेदन आएपछी त्यसको सत्य तथ्य बुझ्नु र कसैले ब्यवसाय बन्द गर्ने वातावरण सृजना गर्छ भने त्यसको बिरुद्धमा संघले सहयोग गर्नु संघको दायित्व भित्र पर्ने खड्काको जिकिर छ ।
खड्का अनुसार संघमा आवद्ध फेसियल हाउस संचालक सुष्मा महराले काठमाडौंको के।एल।टावरमा संचालन गरेको फेसियल हाउसमा सेवा लिन भनी आएकी कर्णले उक्त स्थानमा खुला रुपमा राखिएको सि.सि.टि.भि.को हवाला दिई आफनो ब्यक्तिगत गोपनियता माथि आँच आएको भनी महानगरिय प्रहरी बृत्त गौशलामा उजुरी दिएकी थिईन् ।
‘प्रहरीबाट सो सम्वन्धमा आवश्यक अनुसन्धान भै उजुरी ब्यहोरा अनुसारको अपराधिक कार्य नभएको देखिएकोले मिति २०८०।०३।२८ मा कर्ण कै सहमतीमा प्रहरी कार्यालयमा दुई पक्ष बिच आपसि लिखित सहमती भैसकेकोमा पछि सोही बिषयलाई लिएर पुनः ब्युटीसियन पेशा माथि आँच आउने गरि झुठा रुपमा आरोपहरु लगाई ब्यूटीपार्लरमा कानून सम्मत कार्य नभएको भन्ने झुठा प्रचारप्रसार गरि आफु गृह मन्त्रालय मातहतको कर्मचारी भएको नाताले आफ्नो पदिय दुरुपयोग गरि गृह मन्त्रालय, गृह सचिव तथा महानगरिय प्रहरी परिसार, टेकुलाई समेत आफ्नो प्रभावमा पारि एक पल्ट आफुले नै सहमती गरेको बिषयमा पुन सोहि प्रहरी कार्यलयमा दर्ता गराउन अनुचित कार्य हो’ खड्काले भनिन् ‘अझ कर्णले सम्पूर्ण ब्यूटिसियनहरु वेश्यालय चलाउछन् भन्नु अफैमा खेद छ’ ।
खड्कालाई पिडित भनिने कर्णले आफनो नाम सार्वजनिक गरेकोसम्म प्रश्न उठाएको विषयमा सोध्दा उनि भन्छन् ” यौटा विषमा सहमति गरेर गैसकेपछि पुन आफनो पदिय हसियतको दुरुपयोग गर्नेलाई पिडित भनीदैन पिडित त फेसियल हाउकी संचालिका सुष्मा महरा हो । सेवा लिएर श्रम गरेको पैसा समेत नतिरी हुँदै नभएको आरोप लगाउने आफ्नो पक्षमा काम गर्न राष्ट्र सेवक प्रहरीहरुलाई बिक्यो भन्ने कतिसम्मको अराजकता होला ’ उनी थप्छन् । त्यसैले त उच्च अदालतले सुष्मालाई न्याय दिएको छ ।
FACEBOOK COMMENTS