काठमाडौं । अहिले चिसो र बर्षातका कारण तापक्रम घटेको छ । देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको छ ।
मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई\यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न थालिसकेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यो पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले भएको हो ।
महाशाखाले आगामी २४ घण्टासम्म देशभर अझै चिसो बढ्न सक्ने चेतावती तथा परामर्श जारी गर्दै त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
दिउँसो सामान्यदेखि पूर्णतया बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने , उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुने र रातिको समयमा भने हल्कादेखि मध्यम वर्षा र धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी गराएको छ ।
FACEBOOK COMMENTS