काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना साउन र भदौमा नेपालको वैदेशिक व्यापारमा आयात १६.२३ प्रतिशतले बढेको छ ।
मंगलबार भन्सार विभागले सार्वजनिक विवरण अनुसार पहिलो दुई महिनामा आयात १६.२३ प्रतिशत बढेको छ भने निर्यात ८८.५७ प्रतिशतले बढेको छ ।
रिपोर्ट अनुसार दुई महिनमा ३ खर्ब ५ अर्ब १५ करोड ५० लाख ९९ हजार बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार बराबरको आयात भएको थियो ।
यस्तै यस आर्थिक बर्षको दुई महिनामा ४७ अर्ब ३१ करोड ७६ लाख ६३ हजार बराबरको वस्तु निर्यात भएको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा २५ अर्ब ९ करोड ३१ लाख १० हजार बराबरको निर्यात भएको थियो । यस आर्थिक बर्षको दुई महिनामा व्यापार घाटा उच्च देखिएको छ ।
यस अवधिमा ८.५९ प्रतिशतले बढेको छ । व्यापार घाटा चालु आर्थिक वर्षको दुई महिनामा २ खर्ब ५७ अर्ब ८३ करोड पुगेको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा २ खर्ब ३७ अर्ब ४४ करोड रहेको थियो ।
भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको दुई महिनामा कुल वैदेशिक व्यापार २२.५४ प्रतिशतले बढेको छ । यस अवधिमा कुल वैदेशिक व्यापार ३ खर्ब ५२ अर्ब ४७ करोड पुगेको छ ।
त्यसैगरी दुई महिनामा आयात–निर्यात अनुपातमा सुधार देखिएको छ । गत वर्ष १०.४६ गुणा रहेको अनुपात निर्यात बढेपछि यस वर्ष घटेर ६.४५ गुणामा झरेको छ ।
FACEBOOK COMMENTS