काठमाडौं । चीनबाट आयात तथा निर्यात हुने प्रमुख नाका तातोपानी भन्सारबाट चालू आर्थिक वर्षको तीन महिनामा अत्याधिक सामान आयात भएको छ ।
नेपाल राष्ट्र बैंकको मंसिरसम्मको तथ्यांकमा तातोपानी नाकाको मात्रै ८४३.७ प्रतिशतले आयात वृद्धि भएको देखाएको छ । त्यस्तै चीनकै अर्को नाका रसुवा भन्सार तर्फ पनि आयातमा १८०.४ प्रतिशतले वृद्धि भएको देखिएको छ ।
यी दुबै नाकाबाट निर्यात भने नभएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै त्रिभुवन भन्सार कार्यालयको आयातमा १४१.४ प्रतिशतले वृद्धि भएको देखिएको छ । जलेश्वर भन्सार कार्यालयको आयातमा १९३.९ प्रतिशतले वृद्धि भएको छ । सबैभन्दा कम आयात वृद्धि हने भन्सार कार्यालयमा कैलाली भन्सार कार्यालय रहेको छ । जसको शुन्य दशमलब १ प्रतिशतले आयातमा वृद्धि भएको छ ।
धेरै आयात हुने भन्सार कार्यालयहरु विरगञ्जको यो तीन महिनामा ८१.३ प्रतिशतले आयातमा वृद्धि भएको देखिएको छ भने विराटनगर भन्सार कार्यालय ५४.६ भैरहवा भन्सार २९.३, कञ्चनपुर भन्सार कार्यालय ८४.७ प्रतिशत, मेची भन्सार ७३ प्रतिशतले वृद्धि भएको छ ।
FACEBOOK COMMENTS