काठमाडौं । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा नेपालमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ ।
भन्सार विभागका अनुसार माघ मसान्तसम्म ६९ अर्ब ९१ करोड २२ लाख ्ररुपैयाँको डिजेल, ३८ अर्ब १३ करोड ८६ लाखको पेट्रोल र रु ३१ अर्ब ८५ करोड नौ लाख बराबरको खाना पकाउने ग्यास आयात भएको छ ।
यसैगरी, ३१ अर्ब नौ करोड १२ लाख बराबरको फलाम तथा फलामजन्य वस्तु, २१ अर्ब ३२ करोड ६१ लाख बराबरको स्मार्टफोन, ५९ अर्ब १३ करोड ८२ लाख बराबरको कच्चा सोयाबिन तेल, २१ अर्ब २० करोड बराबरको सुन आयात भएको छ ।
बढी निर्यात भएका वस्तुमा सोयाबिन तेल ६६ अर्ब ७८ करोड ८७ लाख बराबरको निर्यात भएको छ । अलैँची आठ अर्ब ६१ करोड २० लाख, सूर्यमुखी तेल रु पाँच अर्ब ७८ करोड, कार्पेट पाँच ७१ करोड ८८ लाख ६९ हजार बराबरको निर्यात भएको विभागले जनाएको छ ।