![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अदालतले १० वर्षको सजाय सुनाएको छ । उनीमाथि राज्यको गुप्त सूचना चुहाएको आरोप लागेको थियो ।
प्रधानमन्त्रीबाछ २०२२ मा पदच्युत गरिएका उनी हाल जेलमै छन् । भ्रष्टाचार आरोपमा उनलाई तीन वर्षको सजाय दिइएको थियो ।
आफूमाथिका आरोपहरु राजनीतिप्रेरित भएको उनको भनाइ छ । आमचुनावको मुखैमा उनलाई लामो समयका लागि जेल सजाय सुनाइएको हो ।
यसअघि नै उनलाई चुनावमा उठ्न प्रतिबन्ध लगाइएको थियो भने उनको पार्टीको चुनावी चिह्न पनि खोसिएको थियो ।
FACEBOOK COMMENTS