काठमाडौं । गत आर्थिक वर्ष ७७/७८ मा नेपालमा २१ सय बढी बैंकिङ कसुरका घटना घटेका छन् । नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्षको ११ महिना (जेठसम्म)को अवधिमा २१ सय ८३ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएको छ ।
यस्तै प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष ७६/७७ मा नेपालमा ३ हजार ३ सय ९ वटा बैंकिङ कसुरका घटना घटेका थिए । यस्तै आर्थिक वर्ष २०७५/७६ मा ३ हजार १ सय ६७ र आर्थिक वर्ष २०७४/७५ मा ७ सय ७६ वटा बैंकिङ कसुरका घटना घटेका थिए ।
नेपाल प्रहरीका अनुसार बैंकिङ कसुरका सबैभन्दा बढी घटना काठमाडौं उपत्यकामा घटेका छन् । प्रहरीका अनुसार गत आवको जेठसम्म काठमाडौं उपत्यकामा १७ सय ८७ वटा मुद्दा दर्ता भएको छ । जुन आर्थिक वर्ष २०७६/७७ मा २ हजार ९ सय १०, आव २०७५/७६ मा २ हजार ५ सय ६६ र आव २०७४/७५ मा ४ सय ८८ वटा मुद्दा दर्ता भएका थिए ।
यस्तै केन्द्रीय अनुसन्धान व्यूरोमा आर्थिक वर्ष २०७७/७८ मा १३ वटा, आव ७६/७७ मा २, २०७५/७६ मा ६२ र आव २०७४/७५ मा ९६ वटा मुद्दा दर्ता भएका छन् । यस्तै प्रदेश नं. १ मा आव २०७७/७८ को जेठ मसान्तसम्म ७३ वटा मुद्दा दर्ता भएको छ भने जुन आव ०७६/७७ मा ६८, आव २०७५/७६ मा ६९ र आव २०७४/७५ मा ७६ वटा मुद्दा दर्ता भएका थिए ।
यस्तै प्रदेश नं. २ मा आव २०७७/७८ को जेठ मसान्तसम्म १ सय ४५ वटा मुद्दा दर्ता भएको छ भने जुन आव ०७६/७७ मा १२९, आव २०७५/७६ मा ७४ र आव २०७४/७५ मा ८ वटा मुद्दा दर्ता भएका थिए । यस्तै बागमती प्रदेशमा आव २०७७/७८ को जेठ मसान्तसम्म २६ वटा मुद्दा दर्ता भएको छ भने जुन आव ०७६/७७ मा ७५, आव २०७५/७६ मा ८६ र आव २०७४/७५ मा ८ वटा मुद्दा दर्ता भएका थिए ।
यस्तै गण्डकी प्रदेशमा आव २०७७/७८ को जेठ मसान्तसम्म ९३ वटा मुद्दा दर्ता भएको छ भने जुन आव ०७६/७७ मा ९८, आव २०७५/७६ मा ३० र आव २०७४/७५ मा मुद्दा दर्ता भएका थिइन् । यस्तै लुम्बीनी प्रदेशमा आव २०७७/७८ को जेठ मसान्तसम्म ४५ वटा मुद्दा दर्ता भएको छ । आव ०७६/७७ मा २५, आव २०७५/७६ मा २६१ र आव २०७४/७५ मा ४५ वटा मुद्दा दर्ता भएका थिए ।
यस्तै कर्णाली प्रदेशमा आव २०७७/७८ को जेठ मसान्तसम्म १ वटा मुद्दा दर्ता भएको छ । आव ०७६/७७ मा १, आव २०७५/७६ मा २ र आव २०७४/७५ मा ८ वटा मुद्दा दर्ता भएका थिए । यस्तै सुदुरपश्चिम प्रदेशमा आव २०७७/७८ को जेठ मसान्तसम्म १ वटा मुद्दा दर्ता भएको छ । आव ०७६/७७ मा १, आव २०७५/७६ मा १७ र आव २०७४/७५ मा ४७ वटा मुद्दा दर्ता भएका थिए ।
पछिल्लो केहि दिनयता बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरु पक्राउ पर्ने क्रम बढेको छ ।
FACEBOOK COMMENTS