प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालतको सहायक मार्ग प्रयोग गरी सर्वोच्च प्रवेश गरेका छन्। सर्वोच्च अदालतको मूल प्रवेशद्वारमा कानुन व्यवसायीहरु धर्नामा बसेपछि उनले अर्कै बाटो प्रयोग गरि उनीहरुलाई छलेर सर्वोच्च पुगेका हुन् ।
सुरक्षाकर्मीहरुले उनलाई सर्वोच्च अदालतकै अर्को सहायक प्रवेशद्वारबाट अदालत प्रवेश गराएका हुन्। सर्वोच्चको मूलगेटमा धर्ना दिइरहेका नेपाल बार एसोसियसनका पदाधिकारीलगायतका कानुन व्यवसायीहरुलाई छक्याएर सुरक्षाकर्मीहरुले प्रधानन्यायाधीश राणालाई सर्वोच्चको अर्को गेटबाट छिराएका हुन्।
त्यसक्रममा सर्वोच्च परिसरमा कानुन व्यवसायी र प्रधानन्यायाधीश समर्थकबीच केही समय घम्साघम्सीसमेत भएको थियो। प्रहरीले घम्साघम्सीमा संलग्न केहीलाई पक्राउ गरेको छ।सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ। सर्वोच्चको भित्र र बाहिर जनपदसँगै सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ।
यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन मन्त्री दिलेन्द्र बडुसँग न्यायालयको पछिल्लो अवस्थाबारे परामर्श गरेका छन् । त्यस लगत्तै उनले गृहमन्त्री बालकृष्ण खाँडलाई कानुन व्यवसायीलाई बल प्रयोग नगर्न निर्देशन दिएका छन् ।
FACEBOOK COMMENTS