काठमाडौं, ५ भदौ । शनिबार देशभर कोरोना भाइरसका २ हजार ७५ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ६६७ जना संक्रमित थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा ४८३ जना, ललितपुरमा १०३ जना र भक्तपुरमा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर ७ हजार ७०३ जनाको आरटी–पीसीआर गर्दा १ हजार ४२४ जना र ५ हजार ३७२ जनाको एन्टिजेन परीक्षण गर्दा ६५१ जना गरी आज २ हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ४५ हजार ७३१ जना पुगेको छ ।
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS