काठमाडौं । सिरहाको औरही गाउँपालिका–५ मा हुन लागेको विष्णु महायज्ञका लागि दलित परिवारको घर डोजर लगाएर भत्काइएको छ । पीडित परिवारका अनुसार महायज्ञ स्थलमा दलित परिवार बस्न नहुने भन्दै बजरङ्गी बाबाको आदेशमा डोम समुदायको घर भत्काइएको हो ।
दीपक मरिक (डोम) र उनकी श्रीमती अनिता मरिक काममा रहेका बेला घर भत्काइएपछि सात जनाको परिवार अहिले विद्यालयको जग्गामा अस्थायी झुप्रोमा बस्न बाध्य भएको छ । बिजुली, पानी तथा आधारभूत सुविधाको अभावमा उनीहरू कठिनाइ झेलिरहेका छन् ।
पालिका अध्यक्ष शिवजी यादवले सहमतिमै घर सारिएको दाबी गरेका छन् भने राष्ट्रिय दलित आयोगकी पूर्वसदस्य कवुली पासवानले जातीय भेदभावकै कारण डोम परिवारलाई विस्थापित गरिएको बताएकी छन् ।
पीडित परिवारले आफूहरूमाथि अन्याय भएको भन्दै पीडकलाई कानुनी कारबाहीको माग गरेका छन् ।
FACEBOOK COMMENTS