१५ असोज, काठमाडौं । सरकारी स्वामित्वमा रहेको दूग्ध विकास संस्थान (डीडीसी) ले दशैंको मुखैमा घिउको उपभोक्ता मूल्य बढाएको छ ।
प्रतिलिटर ९ सय रुपैयाँमा बिक्री भइरहेको तयारी घिउको उपभोक्ता मूल्य एक हजार रुपैयाँ पुर्याइएको संस्थानका महाप्रबन्धक रुद्र प्रसाद पौडेलले जानकारी दिए । बढेको नयाँ मूल्य असोज १ गतेदेखि नै लागू भएको उनले बताए ।
सरकारले दशैं तिहार लक्षित सहुलियत पसल सञ्चालन गरिरहेको र कात्तिक २४ सम्म भने बढेको मूल्यमा ५० रुपैयाँ छुट पाइने उनको भनाइ छ ।
FACEBOOK COMMENTS