नक्कली शरणार्थी प्रकरणमा जोडिएका कसैलाई पनि छुट दिइँदैन : प्रधानमन्त्री
कर्पोरट खबर
6:16 pm, शनिबार, वैशाख २३, २०८०
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैलाई पनि छुट नदिने बताएका छन् । उनले कोही कसैको दबाबमा नपर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याएरै छाडिने बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको थियो । त्यसलगत्तै सिंहदरबारमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री प्रचण्डले भने- ‘आज ओलीजीले अनुसन्धानबारे कन्सर्न राख्नुभयो ।’
एमाले अध्यक्ष ओलीले नक्कली शरणार्थी प्रकरणमा पार्टीका उच्च तहका नेताहरुमाथि भइरहेको अनुसन्धानका बारेमा चासो राखेका थिए। उनले भने, ‘हामी कसैको दबाबमा पर्दैनौँ । कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ, यो रोकिँदैन । हामी दृढताका साथ अघि बढ्छौँ ।’
प्रधानमन्त्री दाहालले ‘निर्दोष कोही नपरून्, दोषी कोही नछुटून्’ भन्ने मान्यतामा नै सरकार अगाडि बढिरहेको बताए ।
FACEBOOK COMMENTS