काठमाडौं, २२ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मंगलबार ५१९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ३६४ जना, भक्तपुरमा ६६ र ललितपुरमा ८९ छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ७ हजार ३१० जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ४,०१९ जना, भक्तपुरमा १,२७६ जना र लललितपुरमा २०१५ जना छन् ।
कोरोनाभाइरस सुरु भएयता काठमाडौं उपत्यकामा ३१ सय ७६ जनाको मृत्यु भइसकेको छ । १७ जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् भने २१ वटा जिल्लमा २०० भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
FACEBOOK COMMENTS