काठमाडौं, ६ भदौ । गत २४ घण्टाभित्र काठमाडौं उपत्यकामा ५६६ कोरोना भाइरसका संक्रमित थपिएका छन्।
उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ३९५ जना रहेका छन् । यसैगरी ललितपुरमा ११० र भक्तपुरमा ६१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
FACEBOOK COMMENTS