काठमाडौँ । शेयर बजारमा लामो समयपछि उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दुई महिनाअघि अर्थात माघ २४ गते मंगलबार ७६ अंकले बढेको थियो ।
आज भने नेप्से ९२.२२ अंकले बढेको छ । त्यस्तै, कारोबार रकममा पनि उत्साह देखिएको छ ।
आज करिब दुई अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि एक अर्ब रुपैयाँको कारोबार हुन पनि हम्मेहम्मे पर्ने गरेको थियो ।
लगातार ओरालो लागिरहेको सेयरबजारमा बुधबार नेपाल बैंकर्स संघले गरेको निक्षेप ब्याजदर एकल अंकमा झार्ने निर्णयको सकारात्मक प्रभाव देखिएको हो।
सो निर्णयसँगै बजार ४.९३ प्रतिशतले उकालो लागेको हो। आज कुनै पनि कम्पनीका लगानीकर्ताले गुमाएका छैनन्। सबै २१८ कम्पनीको सेयर मूल्य बढेको हो।
योसँगै कारोबार रकम पनि दोब्बरले बढेको छ। अघिल्लो दिन १ अर्बको पनि खरिदबिक्री नभएकोमा बुधबार भने १ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएको हो।
दिनभरिमा ४७ हजार पटक खरिदबिक्री भएको छ भने ६० लाख बढी कित्ता सेयर किनबेच भएका छन्।
FACEBOOK COMMENTS