काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका अनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा पिक आवरमा करिब तीन सय मेगावाट विद्युत माग बढेको जानकारी गराएको छ ।
पछल्लो समयमा विद्युतीय चुलो, एयर कन्डिसनर लगायत बिजुलीबाट चल्ने सामानको प्रयोग बढेसँगै विद्युत्बाट सञ्चालन हुने यातायातका साधनको वृद्धि, ठूला उद्योगलाई उपलब्ध गराइएको विद्युत लगायतका कारण खपत बढिरहेको छ । प्राधिकरणले कात्तिकको अन्तिमबाट नेपालकै ठूलो सिमेन्ट उद्योग होङ्शीलाई ३० मेगावाट विद्युत् उपलब्ध गराएको छ । यो सँगै विद्युतको माग झनै बढेको छ ।
FACEBOOK COMMENTS