काठमाडौं । सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ का ३६ वर्षीय नेवाङ तामाङ छन् ।
काठमाडौं महानगरपालिका–१०, बुद्धनगरबाट उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनी काठमाडौंको बबरमहलमा बस्दै आएका थिए । उनले सडकमा खटिएका प्रहरीमाथि अपशब्द बोलेको भिडियो ‘भाइरल’ भएको थियो ।
FACEBOOK COMMENTS